Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

नारायणगढ–मुग्लिन सडकखण्डमा १९ पटक पहिरो ९० घण्टा अवरुद्ध, सडकको विकल्प खोजिँदै

नारायणगढ–मुग्लिन सडकखण्डमा १९ पटक पहिरो ९० घण्टा अवरुद्ध, सडकको विकल्प खोजिँदै

images

पत्रपत्रिका

१६, श्रावण २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा १९ पटक पहिरो ९० घण्टा अवरुद्ध, सडकको विकल्प खोजिँदै
images

चितवन । आइतबार बुटवलदेखि यात्रु बोकेर आएका चालक अमित पौडेल काठमाडौं पुग्न हतारिएका थिए। दिउँसो सवा ३ बजे पुल्चोक निस्केका पौडेललाई नारायणगढ–मुग्लिन सडक बन्द हुने हो कि भन्ने मुख्य चिन्ता थियो।

‘बर्खामा कतिखेर पहिरो खस्छ, थाहै हुन्न। ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्छ,’पौडेलले भने, ‘मुग्लिन कटेपछि बल्ल शान्त हुन्छ।’ आइतबार दिउँसो ३ बजेसम्म सडक अवरुद्ध थियो। बर्खायाममा यो खण्ड छिचोल्न निकै सकस हुने गरेको उनी बताउँछन्। सडकमाथिबाट खस्ने पहिरोका कारण केही वर्षयता बर्खायाममा सास्ती खेप्दै आएको उनी बताउँछन्।

संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । यसपालि जेठ २० गते जान सुरु गरेको पहिरो १९ पटकसम्म खसिसकेको छ।

यो अवधिमा ९० घन्टा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। देशभरका राजमार्गमा १३९ पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकमा मात्रै १९ पटक गएको हो। बढीमा तीन दिनसम्म ट्राफिक अवरोध हुनेगरी पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए।

यसपालि विशेष गरेर तुइन खोला, १८ किलो, मौरी पुलमा नियमितजस्तै पहिरो खसिरहेको उनले जानकारी दिए। यो अवधिमा कालिकाखोलामा सातपटकसम्म पहिरो खसेर सडक अवरुद्ध भएको छ।

त्यस्तै तुइन खोलामा पाँच, नाम्सी खोलामा दुई, १८ किलोमा तीन पटकसम्म पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको इन्जिनियर कार्की बताउँछन्। तीमध्ये नाम्सी खोलामा असार १४, १५ र १६ गते लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। यो समाचारको आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ०९:०७:०२ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology