Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन, संयोजकमा अरुणपिडित भण्डारी

भरतपुर महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन, संयोजकमा अरुणपिडित भण्डारी

इच्छाकामना न्युज

१५, श्रावण २०८०
भरतपुर महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन, संयोजकमा अरुणपिडित भण्डारी

चितवन । भरतपुर महानगरपालिका पूर्व जनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्व जनप्रतिनिधिहरुको भेलाले मञ्च गठन गरेको हो ।

images

महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित ,सचिवमा पदमपाणी सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यहरुमा नरिनारायण पौडेल, नरेन्द्र कुमार कन्दङवा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहनुभएको छ ।

२०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले महानगरपालिकाको विकास निर्माणमा सहयोग पु¥याउने उदेश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिलेका जनप्रतिनिधिहरुलाई आफ्नो कार्यकालको अनुभव बाँड्नका लागि पनि मञ्चले सहयोग पु¥याउने बताउनुभयो ।

‘मञ्च गठनपछि महानगरपालिकासंग छुटेको सम्बन्ध फेरी जोडिनेछ, सचिव पदमपाणी सुवेदीले भन्नुभयो’,हाम्रो सक्रियता फेरी बढ्नेछ ।’ उहाँले यो समितिलाई निरन्तरता दिइने भन्दै वर्तमान जनप्रतिनिधिहरु पनि निवर्तमान भएपछि मञ्चमा आबद्ध भएर काम गर्ने बताउनुभयो । भरतपुरका सबै वडाको समानुपातिक विकासका लागि महानगरपालिका र वर्तमान जनप्रतिनिधिसंग छलफल समेत गरिने सुवेदीले बताउनुभयो । पूर्व जनप्रतिनिधिहरुको मञ्च सबै बैचारिक एकताको मञ्च समेत भएको उहाँको भनाई छ ।

महानगरपालिका भएपछिको पहिलो कार्यकाल स्वर्णिम कार्यकाल भएको मञ्चका सहसंयोजक चन्द्रमित्र पण्डितले बताउनुभयो । उहाँले आफुहरुको कार्यकालमा महानगरका १३४ वटा कार्यविधि बनाएको भन्दै त्यही कार्यविधि अनुसार अहिले वडाहरु सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी निवर्तमान उपप्रमुख पार्वतीशाह ठकुरीको समेत उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - २०:२९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology