Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरूङ भाषाको कक्षा चलाउँदै तमू ह्युल छोंज धीँ चितवन

गुरूङ भाषाको कक्षा चलाउँदै तमू ह्युल छोंज धीँ चितवन

इच्छाकामना न्युज

१४, श्रावण २०८०
गुरूङ भाषाको कक्षा चलाउँदै तमू ह्युल छोंज धीँ चितवन
images

चितवन । तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले गुरूङ (तमू) भाषाको कक्षा चलाउने भएको छ। लोप हुने अवस्थामा पुगेको भाषालाई ब्युँताउन तमूस्यो ह्युल छोंज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन र दुवै संस्थाको महानगर समिति सह-आयोजक रहने गरी १५ दिने भाषा कक्षा सञ्चालन गर्न लागेको हो।

ह्युल छोंज धीँ चितवनका सचिव किशोर गुरूङका अनुसार पछिल्लो समय चितवनमा बस्ने गुरूङहरूले आफ्नै मातृभाषा पनि बिर्सँदै गएपछि भाषा सिकाउन आवश्यक भएको हो। यही साउन २१ गतेदेखि हुने भाषा कक्षा भदौ २ गतेसम्म (१५ दिन) सञ्चालन हुने उनले बताए। तमू जातिको संस्था हाँकेर बस्ने पदाधिकारी नै भाषाबाट पीडित बन्नुपरेको हुँदा सामान्य बोलिचालीको भाषामात्रै सिक्न सके पनि ठूलो उपलब्धी हुने उनको भनाइ छ।

उनका अनुसार प्रशिक्षार्थीहरूलाई सीतादेवी तमूस्यो, तुलमान गुरूङ र उमिता गुरूङले प्रशिक्षणमा सहजीकरण गर्नेछन्। ह्युल छोंज धीँको सङ्ग्रहालय भवन महाबौद्ध गुम्बा तीनखोले परिसरमा दिनको दुई घण्टा भाषा कक्षा सञ्चालन हुनेछ। गुरूङ जातिको मुख्य बसोबास गण्डकी र धवलागिरी क्षेत्रमा भए पनि पछिल्लो समय चितवनमा पनि बाक्लिँदै गएको छ।

तर, बसाइसराइसँगसँगै भाषा पनि हराउँदै गएपछि भाषा सिकाउन कक्षा नै सञ्चालन गर्नुपर्ने स्थितिमा आइपुगेको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। सामान्यतया भाषा सिकिसकेपछि भने सम्भव भएसम्म ‘खेमा लिपि’ मूल भाषा पनि सिकाउने लक्ष्य रहेको उनको भनाइ छ। 

images
images

images
प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - २१:३८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology