Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन जिल्लाको दररेट सार्वजनिक : कामदारको ज्याला बढ्यो, फलामे डण्डि र सिमेन्टको मूल्य घट्यो

चितवन जिल्लाको दररेट सार्वजनिक : कामदारको ज्याला बढ्यो, फलामे डण्डि र सिमेन्टको मूल्य घट्यो

इच्छाकामना न्युज

१२, श्रावण २०८०
चितवन जिल्लाको दररेट सार्वजनिक : कामदारको ज्याला बढ्यो, फलामे डण्डि र सिमेन्टको मूल्य घट्यो

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०८०/८१ को जिल्ला दररेट सार्वजनिक गरेको छ । कामदार र निर्माण सामाग्रीको दररेट अनुसार कामदारको ज्याला बढेको छ भने फलामे डण्डिको मूल्य घटेको छ । त्यस्तै, सडक कालोपत्रे गर्ने बिटुमिनको मूल्य स्थित राखिएको छ ।

images

अदक्ष कामदारको दैनिक पारिश्रमिक ८०० रुपैयाँ पुर्‍याइएको छ । गत आव २०७९/८० मा ७६५ रुपैयाँ थियो । इलेक्ट्रिसियनको पनि दैनिक पारिश्रमिक ८०० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै ल्याब टेक्निसियन (प्रमाणपत्र तह उत्तिर्ण गरी पाँच वर्ष स्वायल टेष्टमा अनुभव भएको)को दैनिक पारिश्रमिक १४ सय रुपैयाँ पुगेको छ । गत आवमा १३ सय ५० रुपैयाँ थियो ।

फलामे डण्डि टोरकारी (४.७५ र ७ मिमि)को मूल्य प्रति केजी ९३ रुपैयाँ निर्धारण गरिएको छ । गत आवमा यसको मूल्य प्रति केजी ९६ रुपैयाँ थियो । त्यस्तै, फलामे टिएमटी डण्डिको दररेट प्रतिकेजी तीन रुपैयाँले घटाइएको छ । वायरको दररेट भने स्थिर छ ।

त्यसैगरी, ५० केजीको पिपिसि/पिएससी सिमेन्टको मूल्य प्रति बोरा ३० रुपैयाँले घटेर ५८० रुपैयाँ कायम भएको छ । गत आवमा प्रति बोराको दररेट ६१० रुपैयाँ थियो । ५० केजीको ओपीसी सिमेन्टको दररेट प्रति बोरा ७०० रुपैयाँ कायम भएको छ । यसअघि यसको मूल्य ७३० रुपैयाँ थियो । सबै किसिमका बिटुमिनको दररेट स्थिर राखिएको छ ।

जिल्ला दररेट

आव २०८०/८१ को जिल्ला दर रेट

images
प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ०९:२६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology