काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
बयानका क्रममा कक्षभित्र खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो। भिडियोमा किशोरले घटनाबारे बयान दिएको देखिन्छ।
प्रहरीले अनुसन्धानका क्रममा लिएको बयानको भिडियो बाहिरिएपछि गोपनीयता र अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार -
१५:४८:२० बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।