Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

डा. रेमबहादुर गुरूङको १३ औँ स्मृति दिवस :  तमू समुदायमा पुर्‍याएको योगदान बारे चितवनमा चर्चा 

डा. रेमबहादुर गुरूङको १३ औँ स्मृति दिवस :  तमू समुदायमा पुर्‍याएको योगदान बारे चितवनमा चर्चा 

images

इच्छाकामना न्युज

११, श्रावण २०८०
डा. रेमबहादुर गुरूङको १३ औँ स्मृति दिवस :  तमू समुदायमा पुर्‍याएको योगदान बारे चितवनमा चर्चा 
images

चितवन । तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषदको संरक्षण परिषदका अध्यक्ष समेत रहेका डा रेमबहादुर गुरूङको योगदानको चर्चा गरिएको छ। डा गुरूङको १३औँ स्मृति दिवसका अवसरमा तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद चितवनले तत्कालीन अवस्थामा देशभरका गुरूङ समुदायको नेतृत्व गरेर महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै चर्चा गरिएको हो। 

सो क्रममा देशभरका गुरूङ जाति र समुदायलाई एउटै साङ्लोभित्र बाँधेर राख्न सफल भएको भन्दै ह्युल छोँज धींका केन्द्रीय सचिव सन्तलाल गुरूङले भने, ‘डा रेमको योगदानकै कारण आज हामी ह्युल छोँज धीं भनेर बसिरहेका छौँ।’ ठाउँअनुसारको संगठन खोलेर छिन्नभिन्न अवस्थामा रहेका सम्पूर्ण गुरूङलाई एक ठाउँमा ल्याउने काम उनै रेमबहादुरबाट भएको भन्दै त्यस्ता व्यक्ति गुरूङ समुदायमा कमै हुने गरेको बताए। 

363446012_979774183296643_8964076397603773040_n.jpg

ह्युल छोंज धीँ बागमती प्रदेशका प्रमुख एवम् चितवन जिल्लाका निवर्तमान अध्यक्ष गणेशबहादुर गुरूङले डा रेमबहादुर गुरूङले नै छिन्नभिन्न अवस्थामा रहेका गुरूङहरुलाई एउटै छातामुनि राखेर भाइभाइको सम्बन्ध कायम गराउन सफल भएको बताए। ‘डा रेमबहादुर गुरूङकै दूरदृष्टिका कारण आज पनि गुरूङ समुदायले आफ्नो पहिचान जीवित राख्न सफल भएको छ,’ उनले भने। 

ह्युल छोँज धींका केन्द्रीय सल्लाहकार एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले डा रेमबहादुरकै पहलमा २०६५ सालमा चितवनमै एकता महाधिवेशन गराएर इतिहास रच्ने काम गरेको बताए। उनका अनुसार त्यस अघिसम्म गुरूङ समुदाय पनि छुट्टाछुट्टै संस्था खोलेर आ–आफ्नो ढंगले चल्दै आएको थियो। तर, २०६५ सालमा जोखिम नै मोलेर चितवनमा एकता महाधिवेशन गरेपछि डा रेमबहादुरको लक्ष्यले सफलता पाएको उनको भनाइ छ। 

363434880_830309308450172_1675154589688304753_n.jpg

ह्युल छोँज धीं बागमती प्रदेशका उपाध्यक्ष तुलाराम गुरूङले गुरूङ समुदायको स्थापना र त्यसपछि समाजमा योगदान पु¥याउने जुनसुकै व्यक्तिलाई पनि सम्झिरहनु पर्ने धारण राखे। ‘जसले गुरूङ जातिकै हित र उत्थानका लागि काम गरे, त्यस्ता व्यक्तिलाई हामीले बिर्सियौँ भने पाप लाग्छ,’ उनले भने, ‘त्यसैले कम्तिमा वर्षमा एक पटकमात्रै भए पनि सम्झिने प्रयास गरौँ।’ 

ह्युल छोंज धीँ चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रम चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - २०:२७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology