Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बस र ट्रक ठोक्किँयो, ११ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बस र ट्रक ठोक्किँयो, ११ जना घाइते

images

इच्छाकामना न्युज

९, श्रावण २०८०
मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बस र ट्रक ठोक्किँयो, ११ जना घाइते
images

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा यात्रुबहाक बस र ट्रक ठोक्किँदा ११ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जादै गरेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आज बिहान करिब साढे ७ बजेतिर एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस चालकको खुट्टा च्यापिएकाले निकाल्ने कार्य भइरहेको उनले बताए । उनका अनुसार बाटो पुर्णरुपमा अबरुद्ध भएको छ ।

 

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - ०८:५५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology