Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालिकाको छेरवाङमा रहेको चेपाङ समुदायको आस्थाको केन्द्र ‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै

कालिकाको छेरवाङमा रहेको चेपाङ समुदायको आस्थाको केन्द्र ‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै

रासस

८, श्रावण २०८०
कालिकाको छेरवाङमा रहेको चेपाङ समुदायको आस्थाको केन्द्र ‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै
images

भरतपुर । ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रुपमा मन्दिर रहेको छ । कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो ।

images
images

गत आर्थिक वर्ष २०७९/०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजङ्ग प्रजाले बताउनुभयो । उहाँले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिनुभयो । बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको थियो ।

दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे सङ्क्रान्तिका दिन दुई दिन मेला लाग्छ । जङ्गलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइउको छ । यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताउनुभयो । उहाँले मन्दिरमा नियमित पूजा गर्दै आउनुभएको छ ।

“यो एतिहासिक मन्दिर हो”, उहाँले भन्नुभयो, “यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।” यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताउनुभयो ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताउनुभयो । उहाँले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - ०९:४४:५१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology