Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङ तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि मध्यराति सामूहिक बलात्कार, दुईजना पक्राउ

दाङ तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि मध्यराति सामूहिक बलात्कार, दुईजना पक्राउ

इच्छाकामना न्युज

५, श्रावण २०८०
दाङ  तुलसीपुरमा  ७३ वर्षीया वृद्धामाथि मध्यराति सामूहिक बलात्कार, दुईजना पक्राउ
images

दाङ । तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियो।

images
images

प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन्।

उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यको नेतृत्वमा खटिएको तीन जनाको टोली र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा खटिएको ६ जनाको टोलीले पीडित वृद्धालाई उद्धार गरी दुई युवकलाई पक्राउ गरेको हो।

वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ। डिएसपी मल्लका अनुसार पीडित महिला आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन्। बसपार्क छेऊमा उभिएकी उनलाई ती युवकहरूले ‍फकाएर बसभित्र लगेका थिए।

images
प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १०:४१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology