Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुरको ग्रीनल्याण्ड स्कुल सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड' बाट सम्मानित

भरतपुरको ग्रीनल्याण्ड स्कुल सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड' बाट सम्मानित

images

इच्छाकामना न्युज

४, श्रावण २०८०
भरतपुरको ग्रीनल्याण्ड स्कुल सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड' बाट सम्मानित
images

भरतपुर । चितवनको भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल  सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड २०२३' बाट सम्मानित भएको छ ।

एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजनामा सिंगापुरमा सम्पन्न एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड कार्यक्रममा ग्रीनल्याण्डले 'इनोभेटिभ स्कुल अवार्ड २०२३' प्राप्त गरेको हो । कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ स्कुल र स्कुल सञ्चालक सम्मानित भएका थिए ।

सोही कार्यक्रममा ग्रीनल्याण्डले उक्त अवार्ड प्राप्त गरेको हो । स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्की उक्त अवार्डबाट सम्मानित भईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की पनि सहभागी थिए । शिक्षा क्षेत्रमा बिकासमा विद्यालयले पुराएको योगदानको मुल्याङ्कन गर्दै आयोजकले इनोभेटिभ स्कुल अवार्डबाट सम्मान गरेको प्राचार्य कार्कीले जानकारी दिईन् ।

यो अवार्ड समग्रमा चितवनकै विद्यालयहरुको लागि गौरवको बिषय भएको उनको भनाइ छ । शिक्षक, विद्यार्थी, अभिभावक सबैको योगदानका कारण विद्यालयले यो उपलब्धि हासिल गरेको उनले बताईन् । कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न  स्कुल, कलेज तथा तिनका सञ्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । 

images
प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - २०:५३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology