Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धादिङको मलेखु स्थित फुर्के खोलाको सहिद गेटले १२ वर्षमा बल्ल पूर्णता पायो

धादिङको मलेखु स्थित फुर्के खोलाको सहिद गेटले १२ वर्षमा बल्ल पूर्णता पायो

images

इच्छाकामना न्युज

२, श्रावण २०८०
धादिङको मलेखु स्थित फुर्के खोलाको सहिद गेटले १२ वर्षमा बल्ल पूर्णता पायो
images

धादिङ । जनयुद्धका सहिदहरुको स्मृतिमा गजुरी २ स्थित फुर्के खोला पुलमा निर्माणधिन सहिद गेटले १२ वर्षमा पूर्णता पाएको छ । वि. स. ०६८ सालमा शिलान्यास भएको उक्त गेटको कार्य सम्पन्न भएको गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक कडेंलले बताए ।

तात्कालिन माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य पुष्पविक्रम मल्लले वि. स. ०६८ साल असार २४ गते एक कार्यक्रमका बीच उक्त गेटका शिलान्यास गरेका थिए । शिलान्यास भए सँगै जिल्ला विकास समिति धादिङले ४ लाख, गजुरी गाउँपालिकाले ५ लाख र बेनिघाट रोराङले ६ लाख रकम विनियोजन गरेका थिए । उक्त रकमबाट गेटको पिल्लर बनाउने काम भएपनि त्यसपछि कामले गति लिन सकेको थिएन ।

आर्थिक वर्ष ०७९–०८० मा हाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जकमट्टेलको पहलमा बागमती प्रदेश सरकारले काम पूर्णता दिन २० लाख बजेट विनियोजन गरेको थियो । उक्त २० लाख मध्य १८ लाख २२ हजारमा काम सकिएको अध्यक्ष कडेलले बताए ।

०६८ साल मै निमार्ण सुरु भएको धादिङबेसी पुछार बजार प्रवेशद्वारमा निर्माणाधिन सहिद गेटले भने अझै पूर्णता पाउन सकेको छैन । जिविसले ०६८ सालमा १ लाख र ०७९ सालमा १ गरी २ लाख दियो त्यो २ लाखले पिल्लर र बिम राख्ने काम भएपनि बीम भाँचिएपछि रोकिएको काम अहिले जस्ताको तस्तै छ । फोटो प्रकाश उप्रेती

धादिङपोष्टबाट

images
प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - ०९:२८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology