काठमाण्डौ, ९ माघ । बाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश २ लाई ६ विकेटले हराएर बाग्मतीले तेस्रो जित निकालेको हो ।
प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य बाग्मतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो । बाग्मतीको जितका लागि पृथु बास्कोटाले अर्धशतकिय पारी खेल्नुभएको छ । बास्कोटाले ७५ बलमा ५३ रन बनाउनु भएको थियो ।