Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दमौली स्थित मादी र सेती नदिको संगम स्थलमा महिलाको शव फेला

दमौली स्थित मादी र सेती नदिको संगम स्थलमा महिलाको शव फेला

images

इच्छाकामना न्युज

१, श्रावण २०८०
दमौली स्थित मादी र सेती नदिको संगम स्थलमा महिलाको शव फेला
images

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ बेलवास स्थित मादीसेतीको सङ्गममा एक महिलाको शव फेला परेको छ । सेती नदीमाथि तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महिलाको सनाखत हुन नसकेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । मृतकको सनाखतका लागि प्रयास भइरहेको उनकाे भनाइ छ ।

गहुँगोरी वर्ण, मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडेगलेको, टाउकोको बाहिरी छाला सडेर कपालको भाग समेत नभएको, शरीरमा कुनै कपडा नभएको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टा सहितको सुनजस्तो देखिने पहेलो रङ्गको एक थान मुन्द्रा, नाकमा सुनजस्तो देखिने पहेलो रङ्गको फुली लगाएको अन्दाजी ४० वर्षीया महिला रहेको प्रहरीको भनाइ छ ।

मृतक महिलाको हालसम्म कही कतैबाट सनाखत भइ आफन्त प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २०:२९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology