Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको बृहत विरोध सभा 

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको बृहत विरोध सभा 

images
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको बृहत विरोध सभा 
images

काठमाण्डौ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधब समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। पार्टीका नेता–कार्यकर्ताले काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका थिए। 
बिरोधसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवर्षमा केपी ओली प्रवृत्तिलाई सच्याउन नसकेको बताउनुभयो। अध्यक्ष प्रचण्डले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताउनुभयो। तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं। ‘हाम्रा पनि केही कमजोरी होलान्’ –उहाँले भन्नुभयो ‘सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन’ । वाम गठबन्धनको घोषणा अनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताउनुभयो । 

pradarsan8.jpg
यसैबीच, अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताउनुभयो। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेको दाबी गर्दै उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याउनुभयो। 
फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले शंका गरेको भन्दै नेता नेपालले आफूहरु विचारको राजनीति गर्ने पनि धारणा राख्दै मिल्ने संभावना नरहेको बताउनुभयो। कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले  प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताउनुभयो । ओलीको कदम प्रतिगमन भएको  तर ओलीले राजनीतिक कदम हो भन्दै हिँडेको भन्दै नेता खनालले संविधान भन्दा बाहिर गएर कसैले कदम चाल्न नसक्ने धारणा राख्नुभयो । प्रतिगामी कदमको विरुद्ध आफुहरु सडकमा हुने खनालको भनाइ थियो । 

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १८:०५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology