Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इक्यानको उपाध्यक्षमा सेन्ट्रल कलेजका प्रिन्सिपल वाईबि पौडेलको उम्मेदबारी

इक्यानको उपाध्यक्षमा सेन्ट्रल कलेजका प्रिन्सिपल वाईबि पौडेलको उम्मेदबारी

images

इच्छाकामना न्युज

२६, आषाढ २०८०
इक्यानको उपाध्यक्षमा सेन्ट्रल कलेजका प्रिन्सिपल वाईबि पौडेलको उम्मेदबारी
images

चितवन । नेपाल शैक्षिक परामर्श संघ (इकयान) को यही असार ३० गते हुने निर्वाचनको लागि उपाध्यक्ष पदमा यज्ञविलास पौडेलले उम्मेदबारी घोषणा गरेका छन् ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकासका लागि यतिबेला अब्बल अगुवाहरुको खाँचो देखिएको भन्दै पौडेलले जटिल संक्रमणमा परेको यो व्वसायलाई उकास्न र यो संकटबाट पार लगाउन जरुरी भएको भन्दै त्यसकोलागि आफुले उपाध्यक्षमा उम्मेदबारी दिएको बताए ।

चितवनको नारयणगढमा केन्द्रीय रहेको सेन्ट्रल कलेजका प्रिन्सीपल रहेका पौडेलले यस क्षेत्रका समग्र समस्यालाई निकास दिन तथा सेवामुखि व्यवसायलाई थप अझ सुरक्षित तथा मर्यादित बनाउन आफुले उम्मेदबारी दिएको बताए । सेन्ट्रल कलेजले नारायणगढ सहित पर्सा, कावासोती, बर्दघाट, वुटवल, पोखरा, दमौली, डुम्रे, हेटौंडा र काठमाण्डौंमा शाखा कार्यालय सन्चालनमा रहेको छ ।

आफुनो उम्मेदवारी आफ्नो लागि मात्र होइन, इक्यान र सबै शैक्षिक परामर्श व्यवसायीहरुको साझा हितका लागि भको पौडेलले बताए । उनले आफुलाई निर्वाचनमा सहयोग गर्न सम्पुर्ण शैक्षिक परामर्श व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - ११:००:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology