गोरखा । १७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–३ पात्लेपानीका २१ वर्षीय सविन थापा रहेको प्रहरीले जनाएको छ ।
असार ८ गते बालिकालाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
पक्राउ परेका थापा विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।







