Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको घिरिङ गाउँपालिकाले बाँड्यो अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री

तनहुँको घिरिङ गाउँपालिकाले बाँड्यो अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री

images

इच्छाकामना न्युज

२४, आषाढ २०८०
तनहुँको घिरिङ गाउँपालिकाले बाँड्यो अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री
images

दमौली । घिरिङ गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री बितरण गरेको छ । गाउँपलिकाले शुक्रवार एक कार्यक्रम आयोजना गरि अपाङ्गता सहायक सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा ह्विलचियर ४ वटा, स्कृन रिडर ल्याप्टप १ ओटा, अल्बो क्राचेस १ पिस, हियरिङ एड, विशेष प्रकारको जुत्ता जस्ता सहायता सामाग्री घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधा देवि अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरेकी थिईन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उपाध्यक्ष अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा र कार्यपालिका सदस्य पार्बती बिकको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सन्चालन अपांङ्ग महासंघ गण्डकी प्रदेशका सचिब कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

सहायता सामाग्री बितरणसँगै गाउँपालिकाले सिपमुलक तालिम पनि उपलब्ध गराउने प्रयास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । यस्तै अपाङ्गताहरुको आधारभूत आवस्यकता हो भन्ने महशुस गरि आगामी बर्षलाई समेत दिन सकिने गरि गाउँपालिकाले सहायता सामाग्री सन्चित गरेको पोखरेलले बताए ।

अपाङ्गता भएका ब्यक्तिले ध्वनिको सहायताबाट ल्याप्टप चलाउन सक्ने भएकोले वडा नम्बर १ अत्रौलीकी प्रमिला पोख्रेललाई स्कृन रिडर ल्याप्टप दिएको अधिकारीले जानकारी दिए । ल्याप्टप पाउने पोख्रेल अमर सिं माध्यमिक बिधालय पोखराबाट ए ग्रेडमा एसइइ उत्तिर्ण गरेकी थिइन् ।

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - २१:४८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology