Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पूर्वी चितवनको खैरहनीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते

पूर्वी चितवनको खैरहनीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते

images

इच्छाकामना न्युज

२२, आषाढ २०८०
पूर्वी चितवनको खैरहनीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते
images

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाको ज्यामिरेमा हिजो राति ९ बजेतिर ट्रकको ठक्करबाट स्कुटर चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १६०३ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको ना २९ प ९५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खैरहनी–६ का ४८ वर्षीय अर्जुन प्रसाद पराजुली घाइते भएका हुन् ।

घाइते पराजुलीको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक चालक बारा सिमरा जितपुर उपमहानगरपालिका–७ का ४२ वर्षीय आसिम हुसेन प्रहरीको नियन्त्रणमा छन् ।

 

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०९:१४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology