Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउँछौंः अध्यक्ष नेपाल 

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउँछौंः अध्यक्ष नेपाल 

images
ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउँछौंः अध्यक्ष नेपाल 
images

काठमाण्डौ, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताउनुभयो । 
उहाँले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब ओलीलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना हुने दाबी गरे । विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायत सहभागी भएका थिए । ओलीले रेल र पानीजहाजको कुरा गरेर जनतालाई आश्वासन बाड्ने बाहेकको कुनै पनि काम नगरेको समेत नेपालले आरोप लगाउनुभयो । 

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १९:०१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology