Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मदन भण्डारीको जन्मदिनको अवसरमा भोलि माडीमा स्वास्थ्य शिविर र वृक्षरोपण गरिँदै

मदन भण्डारीको जन्मदिनको अवसरमा भोलि माडीमा स्वास्थ्य शिविर र वृक्षरोपण गरिँदै

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
मदन भण्डारीको जन्मदिनको अवसरमा भोलि माडीमा स्वास्थ्य शिविर र वृक्षरोपण गरिँदै
images

चितवन । जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा चितवनको माडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण गरिने भएको छ । मदन भण्डारी फाउण्डेसन चितवनले भोलि एकै ठाउँमा दुई कार्यक्रम गर्न लागेको हो ।

फाउण्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार माडी नगरपालिका–६ स्थित पुष्प–मदन स्मृत्ति वनवाटिकामा शिविर र वृक्षरोपण हुनेछ । असार १४ गते बिहीबार बिहान ८ बजे वृक्षरोपण र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य शिविर हुने जनाइएको छ ।

शिविरमा भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र मोडेल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता हुनेछ । शिविरमा अर्थाेपेडिक सर्जन डा. अरुण सिग्देल, फिजिसियन\मेडिसियन डा. प्रतिक न्यौपाने, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. केशव आचार्य, मेडिकल अफिसर डा. संवाद आचार्यलगायतका चिकित्सक स्वास्थ्यकर्मीले सेवा दिने फाउण्डेसनले जनाएको छ ।

बिहान ८ बजे उक्त बाटिकामा वृक्षरोपण कार्यक्रम समेत राखिएको छ । फाउण्डेसनले विभिन्न फलफूलका विरुवा रोप्ने कार्यक्रम राखेको हो । पुष्पमदन स्मृति वनवाटिका र नेकपा (एमाले) माडी नगर कमिटी वृक्षरोपण कार्यक्रमका सहआयोजक रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - २३:०८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology