Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चीनका धनाढ्य ज्याक मा भोलि चितवन आउने

चीनका धनाढ्य ज्याक मा भोलि चितवन आउने

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
चीनका धनाढ्य ज्याक मा भोलि चितवन आउने
images

चितवन । चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा धनाढ्य ज्याक मा भोलि (बिहीबार) चितवन आउने भएका छन् । ज्याक मा मंगलबार नेपाल भ्रमणमा आइपुगेका थिए ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि उनी चितवन आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीलाई भेट्न उनको टीमले समय मागिसकेको छ। नेपालमा चर्चित अनलाइन सपिङ कम्पनी दराज उनले पाँच वर्ष अघि खरिद गरेका थिए ।

ज्याक मा बिहीबार नै चितवन घुम्न आउने कार्यक्रम रहेको बताइएको छ। ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटलमा रहने छन्।

उनी चितवनको मेघौली रिसोर्टमा पनि जाने कार्यक्रम रहेको बताइएको छ। उनलाई मंगलबार नै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि भेटेका छन् ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीको ज्याक मा सँग निकट सम्बन्ध छ। तर पनि भेटघाट कार्यक्रम तय भइनसकेको चौधरी ग्रुपका अधिकारीले बताएका छन्।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - १०:१३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology