Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गैँडाकोटबाट दुई दिनदेखि बेपत्ता भएकी ३७ वर्षीय तारादेवी नाराणीमा मृत अवस्थामा फेला

गैँडाकोटबाट दुई दिनदेखि बेपत्ता भएकी ३७ वर्षीय तारादेवी नाराणीमा मृत अवस्थामा फेला

images

इच्छाकामना न्युज

८, आषाढ २०८०
गैँडाकोटबाट दुई दिनदेखि बेपत्ता भएकी ३७ वर्षीय तारादेवी नाराणीमा मृत अवस्थामा फेला
images

चितवन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटबाट बेपत्ता भएकी ३७ वर्षीय तारादेवी पौडल पराजुली मृत अवस्थामा फेला परेकी छन् । असार ६ गते राति अन्दाजी १२ बजेदेखि घरबाटै बेपत्ता भएकी पौडलको शव हिजो साँझ नारायणी नदीमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गैँडाकोट नगरपालिका–५ स्थित नारायणी एडभेन्चर रिसोर्ट नजिकै नारायणी नदी किनारमा उनको शव भेटिएको हो । पौडेलले किन आत्महत्याको बाटो रोजिन् भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

उनको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतक पौडलका श्रीमान, एकछोरा र एक छोरी रहेका छन् । उनको मृत्युले परिवारमा सन्नाटा छाएको छ । गैँडाकोट नगरपालिका–४ सहजचोक बस्दै आएको पौडल परिवारले स्टेशनरी व्यवसाय गर्दै आएको छ । मृतकका श्रीमान ख्यामनारायण पराजुली नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष हुन् ।

images
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - ०७:२१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology