Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवनको इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडामा कांग्रेसको विरोध सभा

चितवनको इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडामा कांग्रेसको विरोध सभा

कुरिनटारमा ३८ जना नेकपा छोडि कांग्रेस प्रवेश

images
चितवनको इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडामा कांग्रेसको विरोध सभा
images

मुग्लिन, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधी सभा विघटन अंसवैधानिक भन्दै आन्दोलन गरिरहेको कांग्रेसले चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाको सबै वडामा विरोध प्रदर्शन गरेको छ। इच्छाकामना गाउँपालिकाको ७ वटा वडा र आँबुखैरेनीको ६ वटा वडामा कांग्रेसले आज विरोध प्रदर्शन गरेको हो। 

140532964_2832041577007575_2960173468217432947_o.jpg
इच्छाकामना गाउँपालिकाको वडा नं. १ को हात्तिवाङ, वडा नं. २ को काउँले ढाप, वडा नं. ३ मा कुरिनघाट, वडा नं. ४ को कुरिनटार, वडा नं. ५ को मुग्लिन बजार, वडा नं. ६ को ढुङ्ग्रे र वडा नं. ७ को पिपलटारमा विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शनको लागि इच्छाकामनाका ७ वटै वडामा प्रतिनिधी तोकेर तयारी गरेको थियो। जस अनुसार इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा राम बहादुर लामा, वडा नं. २ मा दिपक खनाल, वडा नं. ३ मा वासु सिलवाल, वडा नं. ४ मा मोदराज सिलवाल, वडा नं. ५ मा गीता कुमारी गुरुङ, वडा नं. ६ मा विष्णु कुवँर र वडा नं. ७ मा निलकण्ठ रिजाललाई जिम्मेवारी तोकेको थियो। 

141075222_2856046634661871_8793832550769457318_n.jpg
यसैबिच इच्छाकामना गाउँपालिका वडा नं. ४ का ३८ जना नेकपा छोडि नेपाली कांग्रेस प्रवेश गरेको छ। उनीहरु कांग्रेसले आज कुरिनटारमा गरेको विरोध सभाबाट नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडामा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ। कांग्रेसले आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ को सत्रसय स्कुल गेट, वडा नं. २ को मार्किचोक तिलवारी, वडा नं. ३ को मिलनचोक आँबुखैरेनी, वडा नं. ४ को मुग्लिन पुलजीप, वडा नं. ५ को घुमाउने र वडा नं. ६ को हिलेखर्कमा विरोध प्रदर्शन गरेको कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थले जानकारी दिनुभयो।

139992845_826818961383699_5879343500704975154_n.jpg139901004_1289158314791269_2529990985712964158_n.jpg140964054_2708056792841117_515038081912864485_n.jpg140821541_1474251756113175_3846867747640528508_n.jpg141031310_261456855325991_4144508272918125675_n.jpg

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १८:३८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology