Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बन्दीपुर अस्पतालमा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

बन्दीपुर अस्पतालमा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

इच्छाकामना न्युज

२, आषाढ २०८०
बन्दीपुर अस्पतालमा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
images
बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं। ४ स्थित  बन्दीपुर अस्पतालमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर यहि असार शुक्रबार देखी सुरु हुने भएको छ ।

स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार यहि असार ८ र ९ गते   शिबिर समेत संचालन हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।

नेपाल क्यान्सर केयर अष्पताल र नेश्नल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेलको प्राबिधिक सहयोगमा महिलाहरुको  लागी स्तन क्यान्सर सम्बन्धी परिक्षण पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण (भिआए टेस्ट) हुन लागेको हो ।

फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ।

स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि बन्दीपुरका सो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्या सुरेन्द्र बहादुर थापाले बताए ।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २२:१४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology