Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुरमा संचालित एक हप्ते तामाङ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

भरतपुरमा संचालित एक हप्ते तामाङ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१, आषाढ २०८०
भरतपुरमा संचालित एक हप्ते तामाङ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न
images

भरतपुर । तामाङ पत्रकार संघ, चितवनले आयोजना गरेको एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ शुक्रबार सकिएको छ ।

जिल्ला समन्वय समितिमा भएको प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको संघका अध्यक्ष बबिलाल तामाङले बताए । समग्र आदिवासी जनजाति समुदायले बोल्दै मातृभाषा हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा रहेका तामाङ समुदायको सहभागितामा भाषा संरक्षणको लागि कक्षा सञ्चालन गरेको उनले बताए ।

शुक्रबार भएको समापन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भाषा संरक्षण अबका पुस्तालाई चुनौतीको विषय बन्दै गएको बताए । त्यसका लागि पुस्तान्तरण आवश्यक रहेको उनले बताए । उनले स्थानीय सरकारले पनि मौलिक भाषा संरक्षणमा सकेको सहयोग गर्दै जाने बचन दिए ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराले चितवनमा तामाङ भाषा कक्षा सञ्चालन गरेर अन्य जातिलाई समेत प्रेरणा दिलाउने काम गरेको बताए । जिल्लामा रहेका १७ वटा आदिवासी जनजातिमध्ये थारू र चेपाङबाहेक अन्य जाति बाहिरी जिल्लाबाट आएर बसेको हुँदा भाषामा समस्या भएको उनले बताए । देशभरका विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने र एकापसमा आफ्नो भाषा पनि बोल्न नखोज्ने समस्याका कारण भएको भाषा पनि लोप हुँने अवस्थामा आइपुगेको उनको भनाइ छ ।

प्रशिक्षणमा सहभागी तीन जना गैर तामाङलाई तामाङ जातिको टोपी लगाएर सम्मानसमेत गरेको थियो । चितवनका पत्रकारद्वय सूर्यप्रकाश कँडेल र प्रेम कँडेल तथा त्रिचोक निवासी हिमाल कँडेलले एक हप्तासम्म नियमित सहभागी भएर तामाङ भाषा सिकेका थिए । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिम अवधिभर अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिएका थिए ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - २२:३१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology