Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बन्दीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

इच्छाकामना न्युज

३२, जेठ २०८०
बन्दीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
images

बन्दीपुर ।  बन्दीपुर गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ । कार्यक्रम बन्दीपुर गाउँपालिकाको आयोजना तथा ब्रोड ब्रेडकास्टिङ कम्पनीको सहजिकरणमा भएको थियो ।

images
images

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् । सो कार्यक्रमको गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङ ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य बिभिन्न राजनितिकदलका प्रतिनिधि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रहरी गाउँवासी समाजसेवी शिक्षासेवी, पत्रकार, जेष्ठ नागरिक समाज , सर्वसाधारण रहेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा यस चालु आर्थिक बर्षको प्रगती बिबरण गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तर्फबाट बार्षिक कार्यप्रगती प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले गरेका थिए । यस्तै विशेष गरि गाउँवासीहरुले सडक निमार्ण, विधुत, खानेपानी, भवन निर्माण,सेवा प्रवाह लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा गाउँपालिको विविध समस्या तथा सावधानका उपाय बारेमा उठेका सवालमाथि जवाफ दिएका थिए । यस्तै ब्रोड ब्रोडकास्टिङका रामकान्त पौडेलले सार्वजनिक सुनुवाइको कार्यक्रम सञ्चालन गरेका थिए । 

images
प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - २२:१४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology