Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अझैसम्म सवारी सुविधा फिर्ता गरेनन्

गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अझैसम्म सवारी सुविधा फिर्ता गरेनन्

images

इच्छाकामना न्युज

२७, जेठ २०८०
गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अझैसम्म सवारी सुविधा फिर्ता गरेनन्
images

काठमाडाैँ। गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अझसम्म पनि सवारी सुविधा फिर्ता नगरेको पाइएको छ। नेपालीपछि दुई जना मुख्यमन्त्री बनिसक्दा पनि तत्कालीन मुख्यमन्त्रीले अझसम्म पनि सवारी फिर्ता नगरेका हुन्।

मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको (ग १ झ ६०१) सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीले जानकारी दिएको छ।

‘पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि सवारी र चालक फिर्ता गरेका गर्नु भएको छैन,’ मुख्यमन्त्री कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले भने।

गाडी फिर्ता गर्नका लागि पटकपटक आग्रह गर्दा पनि नेपालीले फिर्ता नगरेको उनको भनाइ छ। यद्यपि सवारी र चालक फिर्ता गर्नका लागि मुख्यमन्त्री कार्यालयले नेपालीलाई पत्र भने नलेखेको आचार्यको भनाइ छ।

चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवासुविधा प्रदान गर्दै आएको छ। पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए।

images
प्रकाशित मिति :जेठ २७, २०८० शनिवार - ०८:४१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology