Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मध्यवर्ती निर्वाचन सम्बन्धि कार्यक्रममा सहभागी हुन कांग्रेसले देशभरका पार्टी जिल्ला समितिलाई निर्देशन

मध्यवर्ती निर्वाचन सम्बन्धि कार्यक्रममा सहभागी हुन कांग्रेसले देशभरका पार्टी जिल्ला समितिलाई निर्देशन

images
मध्यवर्ती निर्वाचन सम्बन्धि कार्यक्रममा सहभागी हुन कांग्रेसले देशभरका पार्टी जिल्ला समितिलाई निर्देशन
images

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले वैशाखमा तोकिएको मध्यावधी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७, २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ ।

आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो ।

निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ । त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन कांग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस विरोधमा उत्रिएको कांग्रेसले निर्वाचन सम्बन्धी कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:३८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology