Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘शिक्षा शिक्षा शिक्षा’ अभियानको पहलमा वातावरण दिवसको दिन विद्यालयमा वृक्षारोपण

‘शिक्षा शिक्षा शिक्षा’ अभियानको पहलमा वातावरण दिवसको दिन विद्यालयमा वृक्षारोपण

images

इच्छाकामना न्युज

२३, जेठ २०८०
‘शिक्षा शिक्षा शिक्षा’ अभियानको पहलमा वातावरण दिवसको दिन विद्यालयमा वृक्षारोपण
images

पोखरा । 'शिक्षा शिक्षा शिक्षा' अभियानको पहलमा फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीको आयोजनामा कुँडहर आधारभूत विद्यालय परिसरमा विभिन्न फूलका बिरुवा रोपिएको छ ।

351427545_1024585345171926_7375991168832851771_n.jpg

सोमबार प्रमुख अतिथि पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले ब्यानरमा हस्ताक्षर गर्नुका सार्थ वृक्षरोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा विद्यालय परिसरमा विभिन्न प्रकारका २ सय ५० भन्दा बढी बिरुवा रोपिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायत वृक्षरोपणमा सहभागी थिए ।

352263336_210392925157256_7865471258245623513_n.jpg

विद्यालय प्रधानाध्यापक नन्दकिशोर बरालले स्वागत र शिक्षक सोम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीका दिलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता तिमिल्सिना पनि उपस्थित थिइन् ।

350882139_802339131509217_4411948599794669683_n.jpg

फूल रोप्ने क्यारी निर्माणका लागि लोटस ट्रेनिङ इन्स्टिच्युट प्रालि र टास्क फोर्स ट्रेनिङ इन्स्टिच्युट प्रालिले १०/१० हजार सहयोग गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १३:३१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology