Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कारको आरोपमा दाङबाट एक युवक पक्राउ

बलात्कारको आरोपमा दाङबाट एक युवक पक्राउ

इच्छाकामना न्युज

१९, जेठ २०८०
बलात्कारको आरोपमा दाङबाट एक युवक पक्राउ
images

काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१६ का ३४ वर्षीय मार्शल रोका गत मंगलबार पक्राउ परेका हुन्।

images
images

तुलसीपुरकी एक महिलाले रोकाविरूद्ध किटानी जाहेरी दिएपछि गत मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरबहादुरा वलीले जानकारी दिए।

उनका अनुसार रोकालाई म्याद थपका लागि बुधबार जिल्ला अदालत उपस्थित गराइएको थियो। अदालतले रोकालाई सात दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको एसपी वलीले बताए।

एक प्रहरी अधिकारीका अनुसार जाहेरीमा रोकाले ती महिलालाई बिहे गर्छु भनेर घरमा लगेर राखेको उल्लेख छ।

‘एक-दुई वर्षयता उनीहरूबीच रिलेसन रहेछ,’ ती प्रहरी अधिकारीले भने, ‘केटीले बिहेको प्रस्ताव राखेपछि रोकाले उनलाई आफ्नै घरमा लगेर एक रात राखेको भन्ने छ।’

प्रहरीका अनुसार रोकाले आफू विवाहित हो भन्ने कुरा महिलासँग लुकाएका रहेछन्। दोस्रो दिन घरपरिवारले कराउन थालेपछि मात्रै रोका विवाहित हो भन्ने आफूलाई थाहा भएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

त्यसपछि रोका र उनका परिवारले आफूलाई घरबाट निकालेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि रोकाले चैत २६ गते राति ती महिलालाई आफ्नै घरमा राखेको खुलेको छ।

‘भोलि हाम्रो बिहे भइहाल्छ भन्दै ललाइ-फकाइ गरी घरमै लगेर राखेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वलीले बताए।

रोकाविरूद्ध थप दुई महिलाले ठगीको मौखिक उजुरीसमेत दिएका छन्। दाङ प्रहरीले ती महिलाहरूलाई लिखित उजुरी दिन आग्रह गरेको छ।

लिखित उजुरी आएको अवस्थामा हामी त्यस विषयमा पनि अनुसन्धान गर्छौं, एसपी वलीले भने। घोराहीकै दुई महिलामध्ये एक जनाले २३ लाख र अर्की महिलाले १० लाख बढी रुपैयाँ ठगेको भन्दै मौखिक उजुरी गरेका हुन्।

एसपी वलीले भने, ‘हामीले पीडितलाई लिखित जाहेरी दिन आग्रह गरेका छौं।’ रोकाले केही वर्ष पहिले पेट्रोलबिना नै सल्लाको खोटोबाट मोटरसाइकल चलाएर देखाएका कारण चर्चा कमाएका थिए।

उनले निर्माण गरेको अटोमेटिक स्यानिटाइज मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत केही संघसंस्थाहरूमा समेत राखिएको थियो।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ११:०८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology