Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान

चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान

images

इच्छाकामना न्युज

१९, जेठ २०८०
चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान
images

काठमाडाैँ। चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी विकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी बन्ने बताउनुभयो । केन्द्रले समाज विकासका लागि खेलेको योगदानको सबैले सराहना गर्नुपर्ने उहाँको भनाइ थियो ।

सरकार अहिले देशको विकास गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री जोशीले देश परिवर्तन गर्न कुनै बहाना गर्ने छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हामीले काम गर्ने समय आएको छ ।”

सीमित स्रोत साधन र असीमित चाहनाका बीच परिवर्तन देखिने गरी काम गर्नुपर्ने मन्त्री जोशीको भनाइ थियो । कार्यक्रममा पाँच आदर्श आमा र पाँच आदर्श सन्ततिलाई समेत सम्मान गरिएको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा नं २ का अध्यक्ष मनोज रानाभाट, साहित्यकार एवं चराविद् ईश्वर कँडेल, पत्रकार शान्ता अधिकारी, सामाजिक अभियान्ता सरस्वती विष्टलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ११:०६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology