Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

घरभाडा नघटाए ताला चाबी बुझाउने चितवनका व्यवसायीको चेतावनी

घरभाडा नघटाए ताला चाबी बुझाउने चितवनका व्यवसायीको चेतावनी

images

इच्छाकामना न्युज

१९, जेठ २०८०
घरभाडा नघटाए ताला चाबी बुझाउने चितवनका व्यवसायीको चेतावनी
images

चितवन । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरुसंग बृहत छलफल गरेको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा बसेको विशेष बैठकमा विभिन्न १७ वटा व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित प्रतिनिधिहरुबाट हालको अवस्थामा देखिएका व्यवसाय सम्बन्धि समस्याहरुलाई उजागर गर्दै यस विषम परिस्थितिमा व्यवसायीहरुलाई टिकाउन र घरधनीका घरहरु खाली नहुनका लागि घरधनी लगायत सम्बन्धित संघसंस्थाहरुको बिशेष पहल रहनुपर्ने सरोकारवालाले बताए ।

मञ्चका अध्यक्ष पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, बिज्ञप्ति र ज्ञापन पत्र मार्फत सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरिएको तर उचित निकास नआएकोले तार्किक निस्कर्समा पुग्न सम्पूर्ण व्यवसायी संघहरुको धारणा बुझी अगाडि बढ्न बैठक आयोजना गरिएको बताए । चितवन जिल्ला अन्तर्गतका बढी जनघनत्व रहेका पालिकाहरुका ८० देखि ९० प्रतिशत व्यवसायीहरु घर भाडामा लिइ व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीहरु मध्येका झन्डै ८५ प्रतिशत व्यवसायीहरुले आफ्नो व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउदै यसलाई गम्भीर रूपमा लिन सबै पक्षलाई अनुरोध गरे ।

बजारका धेरै सटर तथा भवनहरु खाली हुदै गएको र भएका अधिकांस व्यवसायीहरुले घरभाडा लगायतका खर्चहरु धान्न नसक्ने अवस्था रहेकोले बिक्रिका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छ्न् भने घरधनीहरुले खाली भवनमा भाडामा भनी ब्यानर पोस्टर टासेको अवस्था छ । व्यवसाय नै बन्द रहेको खण्डमा घरधनीहरुले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने ब्यवसाय कर, बहाल कर र रोजगार समेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघहरुबाट यथोचित सम्बोधन हुनुपर्ने बताए ।

व्यवसायी संघहरुबाट हालको अवस्थामा दिदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोध सहित छाता सङ्गठन उद्योग बाणिज्य संघ र महासंघ सम्म ज्ञापन पत्र बुझाएको तर उचित पहल हुन नसकेको गुनासो गरे । केही घर धनीहरुले आफुले भने अनुसार भाडा नपाए व्यवसायीक समस्या राखेर घर खाली गर भन्ने सम्मको धम्की दिने गरेको, सम्झौता पत्र नबनाएको र घरबहाल कर व्यवसायीलाई नै तिर्न बाध्य पारेको जस्ता निन्दनीय कार्यहरू भएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।

घरबहाल सम्बन्धि स्पष्ट कानुन नबन्नु, विभिन्न करको बिषयमा स्थानीय सरकारले उचित र प्रष्ट निति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायीले आफ्नो व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न नसकेको उनले बताए । हालको अवस्थामा समस्याग्रस्त व्यवसायीहरुको अनुरोधलाई यथाशीघ्र सम्बोधन गर्न र नभएको खण्डमा थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरुमा उत्रने चेतावनी दिदै अन्तिम अवस्थामा ब्यवसाय स्थलका तालाचाबी घरधनीलाई बुझाउनुपर्ने सिवाय विकल्प नहुने सल्लाहकार शिवराज गिरिले बताए ।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - १०:३६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology