Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको राप्तीमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

चितवनको राप्तीमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

images

इच्छाकामना न्युज

१७, जेठ २०८०
चितवनको राप्तीमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु
images

चितवन । चितवनमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा गए राति पौने १० बजे पूर्वबाट आउदै गरेको बा.प्र. ०३-००१ ख १८६३ न. को ट्रकले ठक्कर दिंदा साइकलमा सवार ६५ बर्से हरि पाण्डेको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको टाउको, अनुहार,हात र खुट्टामा चोट लागेको थियो। उनी राप्ती ४ का स्थायी बासिन्दा हुन्। ठक्कर दिने ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

images
प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - ११:३१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology