चितवन । १६ औं गणतन्त्र दिवसको अवसरमा मानवधिकार तथा शान्ति समाज चितवनले प्रदर्शन गरेको छ । समाजले आज बिहान ८ बजेदेखि भरतपुर स्थित चौबिसकोठीमा आधा घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकारः सुशासन, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर जस्ता माग राखिएको समाजका सभापति शम्भु राउतले जानकारी दिए ।