चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले एक हप्ते निःशुल्क ‘तामाङ भाषा प्रशिक्षण’ दिने भएको छ । ‘तामाङ भाषा प्रशिक्षण’ यही जेठ २७ गतेबाट असार १ गतेसम्म भरतपुरमा हुने संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार संघको शनिबार टाँडीमा सम्पन्न बैठकबाट सो निर्णय गरिएको हो ।
विशेषगरी तामाङ समुदायका युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । पछिल्लो समय समुदायमा तामाङ भाषा प्रचलनमा नआउनु, बढ्दो शहरीकरणसँगै युवायुवती अन्य भाषातर्फ जान बाध्य भएका कारण आफ्नै मातृभाषाको ज्ञान हराउँदै गएको उनको भनाइ छ । उनले उक्त तालिमबाट तामाङको संस्कृति तथा भाषा जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।