Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विकासमा तिव्रता, खानेपानी, वाटो, शिक्षामा प्राथमिकता : वडाध्यक्ष हिरालाल गुरुङ

विकासमा तिव्रता, खानेपानी, वाटो, शिक्षामा प्राथमिकता : वडाध्यक्ष हिरालाल गुरुङ

images
विकासमा तिव्रता, खानेपानी, वाटो, शिक्षामा प्राथमिकता : वडाध्यक्ष हिरालाल गुरुङ
images

तनहुँ । विकासमा तिव्रता, खानेपानी, वाटो, शिक्षामा प्राथमिकता दिने म्याग्दे गाँउपालिका वडा नं ६ का वडाध्यक्ष हिरालाल गुरुङले वताएका छन् । जनताको आधारभुत आवश्यकता नै शिक्षा, स्वास्थ्य र खानेपानी भएको हुदाँ आफुले जनताको चाहना वमोजिम काम गरेको वताए । 

मेरो वडा पालिका भित्रको भुगोलमा सवैभन्दा ठुलो वडा हो । जहाँ अझैसम्म मोटरवाटो पुग्न सकेको छैन । वडाभित्र जानका लागी दमौली वाट जानुपर्ने वाध्यतालाई हटाउदै वाटोको ट्रयाक खोल्ने काममा लागेको छु, वडाध्यक्ष गुरुङले वताए । वडाको सर्वलाङ्ग, गाँउस्वराँ वडाको नै विकट क्षेत्र भएको हुदाँ त्यहाँ सम्म वाटो जोड्नका लागी लागिरहेको छु यसका लागी सम्वन्धित निकाय सग समन्वय गरिरहेको वडाध्यक्ष गुरुङ्गले वताए ।

IMG-9505.JPG

वडामा आउने वजेट ७८ लाख मात्र हो, त्यहि भित्र रहेर लक्षित वर्ग, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग वर्गको कार्यक्रम वनाउने पर्ने वाध्यतामा हामी छौ, त्यसमा पनि १० टोल रहेको छ विकास निर्माणमा ६० लाख छुट्टयाएका छौ, जसले गर्दा टुक्रे योजनाले विकास नदेखिने समस्या छ, वडाध्यक्ष गुरुङ्गले भने । 

हिजो चुनावमा गरेको वाचा भुलेको छैन, जनतालाई सेवा दिनका लागी वडा कार्यलयमा नै मेरो आफनो व्यक्तिगत तलव खर्चेर कार्यलय सहयोगी राखेका छौ, ताकी जनतालाई कागजी काम गर्न सहज होस । जनताको आवश्यकता भन्दा अन्य कुनै नियत छैन, वाकी रहेको तलव पनि विभिन्न आमासमुह, क्लव, शिक्षा,स्वास्थ्यमा खर्च गरेको वडाध्यक्ष गुरुङले वताए । 

जनताको न्युनतम आधारभुत आवश्यकतामा ध्यान दिएका छौ । कृषिको योजना भएता पनि पर्याप्त मात्रामा वजेट नहुँदा त्यसले मुर्त रुप पाएको छैन । त्यसवाहेक वडावाट पाउने सेवामा जनतालाई वडासरकारको प्रत्याभुत गराएको वडाध्यक्ष गुरुङले वताए ।

images
प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - ११:५९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology