Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रौतहटको गौरमा छिमेकीसँगको विवादमा एक पुरुषको हत्या

रौतहटको गौरमा छिमेकीसँगको विवादमा एक पुरुषको हत्या

रौतहटको गौरमा छिमेकीसँगको विवादमा एक पुरुषको हत्या
images

जनकपुरधाम । रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

images
images

एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए ।

छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी मगरले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - ०९:०३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology