Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनकपुरमा साधुको निधनपछि उनकै चितामा हाम फालेर चेलाले गरे आत्मदाह

जनकपुरमा साधुको निधनपछि उनकै चितामा हाम फालेर चेलाले गरे आत्मदाह

जनकपुरमा साधुको निधनपछि उनकै चितामा हाम फालेर चेलाले गरे आत्मदाह
images

जनकपुरधाम । महाभारतमा गुरु द्रोणाचार्यलाई गुरु दक्षिणामा एकलव्यले आफ्नै औंला काटेर चढाएका थिए । तर, भर्खरै गुरुका लागि शिष्यले प्राण त्यागेको घटना सार्वजनिक भएको छ । सिरहाको नेपाल-भारत सीमा क्षेत्रमा यो घटना भएको हो ।

images
images

धनुषाको सबैला नगरपालिका-९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका छन् । साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर उनले आत्मदाह गरेका हुन् । मलामीहरूको बचाउने प्रयास असफल भएको छ ।

सुखीपुर नगरपालिका-२ छजनास्थित हनुमान मन्दिरमा १२२ वर्षीय साधु विष्णु दासको सोमबार निधन भयो । बरियारपट्टीमा क्याम्पस निर्माणार्थ भएको विष्णु महायज्ञमा सहभागी हुन पुगेका उनी केही दिनदेखि छजनाको हनुमान मन्दिरमा आश्रय लिएर बसेका थिए ।

नेपाल र भारतमा मानव सेवा गरेका कारण साधु दासको दाहसंस्कार सीमावर्ती क्षेत्रमा गर्ने गाउँलेले निर्णय गरे । सोही बमोजिम बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा उनको दाहसंस्कार गरियो ।

साधु दासको दाहसंस्कार भइरहेकै बेला भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले चितामै हामफालेर आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला हुन् । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए ।

‘उनी अचानक चितामा हामफाले,’ स्थानीय सञ्जय यादवले भने, ‘नेपाल र भारतकाहरू मलामी थिए । सबैले उनको खुट्टा तानेर बचाउने प्रयास गरे । तर दनदनी बलेको आगोबाट महतोलाई तान्न सकिएनन् । उनी पनि बाबाकै चितामा जले ।’

गुरुकै चितामा शिष्यले पनि प्राण त्यागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । यसबारे भने नेपाल प्रहरी अनभिज्ञ छन् । निधन भएका साधुको दाहसंस्कार भारतीय भूमिमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटनाको रेकर्ड नराखिएको सिरहाका एक प्रहरी अधिकारीले बताए । (नेपाल प्रेस- सन्तोष यादव)

images
प्रकाशित मिति :जेठ १, २०८० सोमवार - ०९:१७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology