Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बालकृष्ण खाँणसँगै पक्राउ परेका नरेन्द्र केसी भरतपुरको शारदा माविका प्रधानाध्यापक

बालकृष्ण खाँणसँगै पक्राउ परेका नरेन्द्र केसी भरतपुरको शारदा माविका प्रधानाध्यापक

images

इच्छाकामना न्युज

२९, बैशाख २०८०
बालकृष्ण खाँणसँगै पक्राउ परेका नरेन्द्र केसी भरतपुरको शारदा माविका प्रधानाध्यापक
images

चितवन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका खाँणका सहयोगी नरेन्द्र केसी भरतपुरको शारदा माविका प्रधानाध्यापक भएको खुलेको छ । केसी अहिले पनि भरतपुर महानगरपालिका–१९ शारदा माविका प्रधानाध्यापक हुन्।

विद्यालय स्रोतका अनुसार केसी २०७८ जेठमा प्रधानाध्यापक नियुक्त भएका थिए। उनी सामाजिक विषय पढाउँथे । त्यसअघि उनी विद्यालय निरीक्षक थिए।

प्रधानाध्यापक भएको एक महिनामै पढाउन छोडेर उनी बालकृष्ण खाणको पिए हुन काठमाडौं गएका थिए।

काज मिलाएर खाणको सचिवालयमा आएका केसी उनी गृहमन्त्री छउञ्जेल विद्यालयमा गएनन्। गत पुसमा खाण गृहमन्त्रीबाट हटे। माघमा मात्रै केसी भरतपुरको विद्यालयमा पुगे।

गत वैशाख २४ गते उनी दुर्घटनाका कारण आफूले काम गर्न नसक्ने भन्दै विद्यालयमा विदा मिलाएर काठमाडौं गएका थिए। ‘साइन पनि गर्न नसक्ने भएँ भनेर जानुभएको हो। पक्राउ परेको भन्ने समाचार सुन्यौं,’ विद्यालय स्रोतले भन्यो।

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १०:१६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology