Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवनमा ६ वटा संस्थाहरूको आयोजनामा आज र भोलि ‘चित्तौन कचेहेरी’ हुँदै

चितवनमा ६ वटा संस्थाहरूको आयोजनामा आज र भोलि ‘चित्तौन कचेहेरी’ हुँदै

इच्छाकामना न्युज

२९, बैशाख २०८०
चितवनमा ६ वटा संस्थाहरूको आयोजनामा आज र भोलि ‘चित्तौन कचेहेरी’ हुँदै

चितवन । चितवनमा फरक विचारको उत्सवको रूपमा ‘चित्तौन कचेहेरी’ हुँदैछ। विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढस्थित नारायणी कला मन्दिरमा कचेहेरी गर्न लागिएको हो।

images

यो कार्यक्रम मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताइन्।

कार्यक्रममा मान्छेका जीवन-मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने उनले बताइन्। कचेहेरीको पहिलो दिन आज ७ वटा विषयमा प्यानल छलफल हुनेछ।

‘घर गाउँको सिंहदरबारः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य, पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति’ विषयमा शुक्रबार प्यानल छलफल हुनेछ।

आज नै ‘थाहा ? सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा’ नाटक प्रस्तुत गरिने तिवारीले बताइन्। साथै कविता वाचन पनि हुनेछ।

भोलि ‘विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि ?, कसरी लेखिँदैछ चितवनको आख्यान ?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि’ शीर्षकमा प्यान छलफल हुनेछ। ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम पनि शनिबार रहेको तिवारीले बताइन्।

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १०:१०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology