Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एकल महिला संजालको अध्यक्षमा धनमाया 

एकल महिला संजालको अध्यक्षमा धनमाया 

images

इच्छाकामना न्युज

२५, बैशाख २०८०
एकल महिला संजालको अध्यक्षमा धनमाया 
images

तनहुँ । एकल महिला संजालको अध्यक्षमा धनमाया आले चयन भएका छन् । म्याग्दे गाँउपालिका स्तरीय एकल महिला संजालको अध्यक्षमा आले चयन भएका हुन् । 

त्यसैगरि संजालको उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, सचिवमा कमला कुमाल, कोषाध्यक्षमा अनिता थापा, सहसचिवमा कृष्णमाया वस्याल चयन भएका छन् भने सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापा, ईश्वरी वाग्ले, सर्मिला कुमाल र ईन्द्रा थापा रहेका छन । 

कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिला समाज परिवतनको अंश भएको हुदाँ समाजले एकल महिलालाई सँगै हिडाउनुपर्ने वताउनुभयो । विभिन्न घटनाक्रमका कारण एकल जीवन व्यतित गरेका महिला दिदी वहिनीहरुको वाध्यतालाई समाजले सहयोग गर्नुपर्ने वताए । 

यसैगरि कार्यक्रमका विशिष्ट अतिथी वालकृष्ण घिमिरले राज्यले नै एकल महिलाको हक अधिकार सुनिश्चित गरेको हुदाँ एकल महिलालाई हेलत्व भाव राख्न नहुने वताए । समाज रुपान्तरणको हरेक भागमा सवैमा महत्व हुने हुदाँ एकल महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्ने हुदाँ पालिका यस मामिलामा गम्भिर भएको वताए । 

कार्यक्रमको वारेमा शारदा ग्रैहे पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरुले धारणा राखेका थिए भने अनिता थापाले संचालन गरेको कार्यक्रममा आशा गुरुङले सहभागीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा १ दिने कार्यशाला गोष्ठी समेत संचालन भएको थियो । 

images
प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - २२:०१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology