Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

व्यवसायी शंकर कँडेलको शव आज देवघाटमा अन्त्यष्टी गरिने

व्यवसायी शंकर कँडेलको शव आज देवघाटमा अन्त्यष्टी गरिने

images

इच्छाकामना न्युज

२४, बैशाख २०८०
व्यवसायी शंकर कँडेलको शव आज देवघाटमा अन्त्यष्टी गरिने
images

चितवन । पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गर्न लागिएको हो ।

शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकाल्ने नेपाली कांग्रेस चितवनको तयारी छ । भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासबाट बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय कमलनगर, नारायणगढ हुँदै देवघाटसम्म शवयात्रा निकालेर अन्त्यष्टी गर्न लागिएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

कँडेल चितवन कांग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका उद्योगी प्रदीप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफुलाई मर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

कांग्रेस र कँडेलका समर्थकले आत्महत्या दुरुत्साहनका आरोपीलाई तत्काल पक्राउ गर्न माग गर्दै आन्दोलन गरेका थिए । प्रहरीले रावललाई पक्राउ गरिसकेको छ भने रुङ्गटा अझै फरार छन् । रुङ्गटालाई पक्राउ गर्न चितवन प्रहरीले सिआईबी लगायत सबै निकायमा सर्कुलर जारी गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - ०७:४३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology