Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेपाली काँग्रेसले चितवन बन्दको आह्वान गरेका छैनौँ : उपसभापति राजिव न्यौपाने

नेपाली काँग्रेसले चितवन बन्दको आह्वान गरेका छैनौँ : उपसभापति राजिव न्यौपाने

images

इच्छाकामना न्युज

२३, बैशाख २०८०
नेपाली काँग्रेसले चितवन बन्दको आह्वान गरेका छैनौँ : उपसभापति राजिव न्यौपाने
images

चितवन । नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले आज चितवन बन्दको आह्वान नगरिएको बताएका छन् । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको उनले जानकारी दिए ।

पोल्ट्री व्यवसायी एवम् कांग्रेस नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै कांग्रेसले आज दिउँसो १ बजे केन्द्रिय बसपार्क चोकमा एक घण्टा चक्का जामको आयोजना गरेको छ । त्यसबाहेक अन्य कुनै कार्यक्रम नरहेको न्यौपानेले बताए ।

‘बसपार्क चोकमा एक घण्टा चक्का जाम गर्छाैँ । अरु केहि कार्यक्रम छैन’, उनले भने, ‘चितवन बन्दको हल्ला फैलाउनेमा हाम्रो पार्टीको कुनै पनि संरचनाका नेता कार्यकर्ता संलग्न छैनन् ।’

सामाजिक सञ्जालमा भने शंकर कँडेल न्यायिक संघर्ष समितिको नामबाट चितवन बन्दको आह्वान गरिएको छ । उक्त समितिको आधिकारीकता पुष्टि हुन सकेको छैन ।

images
प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - ०८:५७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology