Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेस चौतारी चितवनको भवन शिलान्यास

प्रेस चौतारी चितवनको भवन शिलान्यास

images

इच्छाकामना न्युज

२२, बैशाख २०८०
प्रेस चौतारी चितवनको भवन शिलान्यास
images

भरतपुर । प्रेस चौतारी नेपाल चितवन शाखाले निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ ।

भरतपुर ११ सिद्धार्थ टोलमा निर्माण गर्न लागिएको भवनको एक समारोहका बीच प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले शिलान्यास गरेका हुन् ।

सतहत्तर जिल्ला मध्ये चितवन शाखाले पहिलो पटक आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । अन्य शाखा कुनैको पनि आफ्नै जग्गामा भवन छैन् । चितवनका व्यवसायी केशव कार्कीले प्रदान गरेको १३ धुरको जग्गामा भवन निर्माण गर्न लागिएको प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार निर्माण गर्न लागिएको भवन तीन तलाको हुनेछ । जहाँ आवासको समेत व्यवस्था हुने गरि डिजाईन गरिएको छ । पहिलो चरणमा पहिलो तल्ला मात्र निर्माण हुनेछ ।

शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले चितवन शाखाले अघि सारेको योजनालाई पूर्णता दिन केन्द्रीय कमिटीको पूर्ण सहयोग रहने बताए । सो अवसरमा उनले आफ्नो व्यक्तीगत तर्फबाट पचास हजार ५५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

शुभकामना मन्तव्य राख्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चौतारीको भवनमा चितवनका सवै पत्रकारलाई अट्ने साझा संस्थाको रुपमा रहनु पर्ने वताए । उनले एमाले चितवनको तर्फबाट भवन निर्माणका लागि एक लाख १ हजार २१ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै प्रेस चौतारीका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले पचास हजार तथा युवा नेता वचन कार्कीले पचपन्न हजार ५५५ रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले व्यक्तीगत रुपमा एक टिप ढुंगा सहयोग गर्ने घोषणा गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्याल, महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामा,केन्द्रीय सचिव विष्णु तारुकेले मन्तव्य राखेका थिए ।

प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव धु्रवराज खनालले संचालन गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - २१:४०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology