Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

इच्छाकामना न्युज

२२, बैशाख २०८०
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

images
images

सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ, यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने थियो, अब त्यही अनुरुप अगाडि बढ्छौँ ।”

सभापति लामिछानेले अबका दिनमा पार्टीको सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्षका रूपमा काम गर्ने प्रस्ट पार्नुभयो । पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।” 

उहाँले प्रदेश संरचना नेता/कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताउनुभयो । यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उहाँको भनाइ छ ।

सभापति लामिछानेले वर्तमान सरकारले नक्कली शरणार्थी काण्डमा सङ्लग्न व्यक्तिलगायत भ्रष्टाचारमा सङ्लग्न व्यक्तिलाई कारबाही गरेकोप्रति धन्यवाद व्यक्त गर्दै भ्रष्टाचारका मुद्दामा सङ्लग्न अन्य व्यक्तिलाई कारबाहीका लागि आग्रह गर्नुभयो । पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - २१:३०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology