Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नागढुङ्गादेखि मुग्लिनसम्मका २१ पुल जोखिममा

नागढुङ्गादेखि मुग्लिनसम्मका २१ पुल जोखिममा

पत्रपत्रिका

२२, बैशाख २०८०
नागढुङ्गादेखि मुग्लिनसम्मका २१ पुल जोखिममा
images

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको पहुँच सडक (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच (स्ल्याब) मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो।

images
images

गणेशखोलाको पुलजस्तै सो राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्मका अधिकांश पुल त्यस्तै जोखिमयुक्त छन्। पृथ्वी राजमार्ग निर्माणको क्रममा २०२९ र २०३० सालमा निर्माण भएका ती पुल पुराना भएकाले सडक र पुल जोडिएको ठाउँमा जमिन भासिने र पुलको बीचमा समेत भ्वाङ पर्ने समस्या देखिएको सडक विभागले जनाएको छ। जमिन भासिने र भ्वाङ पर्ने समस्याले सो राजमार्गका ती खण्डका पुल जोखिममा रहे पनि त्यसका लागि कुनै सावधानी अपनाइएको पाइएको छैन।

सडक विभागका उपमहानिर्देशक डा. विजय जैसीले ५० वर्षअघि निर्माण गरिएका गणेशखोलाको पुल पुरानो भएकै कारण पुलको मुखमा जमिन भासिएको तथा पुलको बीचमा भ्वाङ पर्न गएको बताए । ती ठाउँमा भासिएको पुलसँगै नयाँ पुल निर्माण भइरहेको छ। पुलमा परेका खाल्डोमा पानी छिरेर भ्वाङ पर्न गएको उनको भनाइ छ।

उनले भने, “अहिलेको डिजाइनअनुसार पुलको दुवैतिरको जगमा पर्खाल लगाएर तलदेखि नै ‘कम्प्लेक्सन’ गर्दै माथि ढलान गरेर बनाइन्छ तर त्यस बेला निर्माण गरिएका ती पुलमा त्यस्तो नगरी खाली नै राखिएको पाइएको छ। घरको कोठाजस्तै पर्खाल लगाएर निर्माण गरिएका ती पुल अहिले निर्माण हुने गरेका पुलभन्दा धेरै कमजोर प्रविधिका छन्।”

उनका अनुसार पृथ्वी राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्म त्यस्तो प्रकृतिका २१ वटा पुल छन्। उपमहानिर्देशक जैशीले भने, “हामीले ती पुलका समस्या पहिचान गरिसकेका छौँ। सँगै निर्माण भएका अन्य पुलमा पनि पक्कै यस्तै हुनुपर्छ। अब हामी सावधान भइरहेका छौँ।’’

सडक विभागका पूर्वसहसचिव तथा इन्जिनियर राजेन्द्र शर्माले ५० वर्षअघि निर्माण गरिएका राजमार्गका ती पुलको ढलान नै कमजोर भएको तथा प्राविधिक दृष्टिकोणले समेत पुरानो भएकाले पुल भासिने तथा भ्वाङ पर्ने समस्या देखिएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - ०९:४९:५६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology