Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

व्यवसायी कँडेल मृत्यु प्रकरणः आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै कांग्रेस

व्यवसायी कँडेल मृत्यु प्रकरणः आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै कांग्रेस

images

इच्छाकामना न्युज

२१, बैशाख २०८०
व्यवसायी कँडेल मृत्यु प्रकरणः आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै कांग्रेस
images

चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन कांग्रेसले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको कांग्रेसको गुनासो छ । मंगलबार साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको साथबाट प्रहरीले आठ पेज लामो सुसाइड नोट फेला पारेको थियो ।

एक जना आरोपित जिल्ला भित्रै हुँदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै छ । बिहान साढे ११ बजे प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम राखिएका नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए ।

किटानी जाहेरीमा नाम भएका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको चितवन प्रहरी प्रमुख एवम् एसपी रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुलाई पक्राउ गर्न चितवन प्रहरीले सिआईबी, अपराध महाशाखा लगायत सबै निकायमा सर्कुलर जारी गरिसकेको उनले बताए ।

images
प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - ०९:१३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology