Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका गजलकार किसान प्रेमीले ल्याए पहिलो लघुकथा संग्रह ‘झुपडीको व्यथा’

चितवनका गजलकार किसान प्रेमीले ल्याए पहिलो लघुकथा संग्रह ‘झुपडीको व्यथा’

इच्छाकामना न्युज

२०, बैशाख २०८०
चितवनका गजलकार किसान प्रेमीले ल्याए पहिलो लघुकथा संग्रह ‘झुपडीको व्यथा’
images

चितवन । चितवनका अग्रज गजलकार तथा कवि किसानप्रेमीले पहिलो लघुकथा संग्रह ‘झुपडीको व्यथा’ बजारमा ल्याएका छन् ।

images
images

यसअघि दुई गजल संग्रह र एक खण्डकाब्य प्रकाशन गरिसकेका प्रेमी कथा संग्रहमार्फत कथाकारका रुपमा उदाएका हुन् ।

१०४ पृष्ठको लघुकथा संग्रहमा ३२ वटा कथा संग्रहित रहेका छन् । उनको कथाहरु चितवनको सामाजिक परिवेश, जातीय उत्पिडन, गरिबी, असमानता, भष्ट्राचार र राष्ट्रिय समाचारका विषयवस्तुहरुमा आधारित रहेका छन् ।

गजल क्षेत्रमा लागेर एक दर्जन भन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरेका किसानप्रेमीको यसअघि विसं २०५९ मा पहिलो कृति गजलसंग्रह ‘गाउँबस्ती रोइरहेछ’, २०६३ मा ‘गजब छ मान्छे’ र २०६९ सालमा चेतना खण्डकाब्य प्रकाशित भइसकेका छन् ।

रौतहटका साहित्यकारहरुको प्रेरणाले निरंकुश पञ्चायती व्यवस्थाको समयमा विसं २०३६ सालबाट साहित्य क्षेत्रमा प्रवेश गरेका किसानप्रेमीको २०५२ सालबाट विभिन्न अखबार तथा पत्रकात्रिकामा गजल छापिन सुरु भएको हो । बागलुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाएका किसान प्रेमीको वास्तविक नाम किसान विक हो । फुटबलमा एन्फाको राष्ट्रिय कोचसमेत रहेका उनी सरकारी जागिरेको रुपमा विभिन्न जिल्लाहरुमा काम गरे । अहिले सरकारी सेवाबाट सेवा निवृत्त भएका उनी लेखनमा झनै सक्रिय छन् ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - २१:०२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology