Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनका सफल पोल्ट्री व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा मृत भेटिए

चितवनका सफल पोल्ट्री व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा मृत भेटिए

images

इच्छाकामना न्युज

१९, बैशाख २०८०
चितवनका सफल पोल्ट्री व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा मृत भेटिए
images

चितवन । चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यवसायिक अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।

उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनि चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।

 

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - २१:५२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology