Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दमौलीको सत्यवती माविको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त

दमौलीको सत्यवती माविको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त

images

इच्छाकामना न्युज

१७, बैशाख २०८०
दमौलीको सत्यवती माविको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त
images

दमौली । दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ ।

सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकलाभट्टराईलाई विद्यालय व्यवस्थापन समितिले  प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक अवसर मिलेको हो ।

 विद्यालयका निर्बतमान एकबहादुर गुुरुङको वैशाख १५ गते कार्य अवधि समाप्त भएपछि समितिले भट्टराईलाई सिफारिस गरेको हो । वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताउनुभयो ।

नवनियुक्त प्रधानाध्यापक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतले पदस्थापन गर्नुभयो । सो अवसरमा भट्टराईले सत्यवतीको गरिमा उच्च राख्ने गरी काम गर्ने बताउनुभयो ।

पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक एकबहादुर गुरुङलाई राम्रो कार्य गरे बापत दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको कामना व्यक्त गर्नु भएको थियो  । प्रधानाध्यापक भट्टराईले अंग्रेजी विषयमा एफएम फिल उत्तिर्ण गर्नु भएको छ भने  विद्यावारिधीको समेत अध्ययन गरिरहनु भएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - २०:२९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology